Logo
30 Oct 2025    १४ कार्तिक २०८२, बिहीबार

ताजा खबर

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न अदालतको आदेश रेशमलाल चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध कारागारबाट रविको चार बुँदे सन्देश विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह

युवापुस्तालाई सपना र यथार्थबीच फरक संझाउने उपन्यास ‘ड्रिम लभर’ बजारमा

Reporter

काठमाडौं– किशोरावस्था र युवावस्था स्वभावतः उत्सुक, जिज्ञासु र कल्पनाशील हुन्छ । किशोरकिशोरी र युवायुवती नयाँ नयाँ सपना देख्छन्, अनौठा अनौठा कल्पना गर्छन् । उनीहरूमा जोश, जाँगर र उर्जा यति हुन्छ कि कतिपय त आफूले देखेका र सोचेका जुनसुकै सपना वा कल्पना यथार्थमै परिणत गराइछाड्ने जिद्दी गरिरहेका हुन्छन् ।

सपना र विपनाबीच तालमेल मिलाउन नसक्दा कैयन् किशोरकिशोरी ठूलो समस्यामा फस्न पुगेको पाइन्छ । प्रेम के हो भन्ने पत्तै नपाई उनीहरू जोसुकैसँग सजिलै प्रेममा पर्न सक्छन् । त्यही प्रेम पछि गएर मानसिक, सामाजिक वा कानूनी पासोमा परिणत हुनसक्छ भन्ने उनीहरूलाई हेक्कै हुँदैन ।

यही वस्तुतथ्यलाई उपन्यासका माध्यमबाट आम युवायुवती र किशोरकिशोरीलाई संझाउने कृति ‘ड्रिम लभर’ बजारमा आएको छ । साहित्यकार ध्रुव खनालको ‘ड्रिम लभर’ एउटा यस्तो उपन्यास हो जसले युवा पाठकलाई सपना र कल्पनाको उडान भर्दाभर्दै पनि यथार्थबाट विमुख नहुन सचेत तुल्याउँछ । यो एउटा स्वैर–काल्पनिक कथा मात्र नभई किशोरकिशोरी र युवायुवतीका लागि प्रेमको रुमानी कल्पना र जीवनका यथार्थ बीचको फरक बुझाउने रोचक कृतिसमेत हो ।

कविता, गीत र निबन्धसहित विभिन्न विधामा यसअघि नै करिब एक दर्जन कृति प्रकाशन गरिसकेका साहित्यकार खनालको यो पहिलो औपन्यासिक यात्रा हो । इटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको १०४ पृष्ठको यस उपन्यासको मूल्य २ सय रूपैयाँ रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको