Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

जनकपुर ५१ रनमा अलआउट, सुदूरपश्चिम ७२ रनले विजयी

Reporter

नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । जनकपुरका लागि जोसुवा ट्रम्पले सर्वाधिक १३ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि हर्मीत सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई/दुई विकेट लिए । सेफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान एक/एक विकेट लिए।

जितसँगै सुदूरपश्चिम नेट रनरेटका आधारमा जनकपुरलाई उछिन्दै अंक तालिकाको शीर्ष  स्थानमा उक्लिएको छ। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन्। यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए। त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको