Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय

Reporter

नो केबलकार समूहले बिहीबार एक चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट ताप्लेजुङमा सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।

पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले गरिरहेको आन्दोलनको क्रममा बिहीबार पाथीभरामा आउने काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले साङ्घातिक आक्रमण गरी मे १ ज २५७९ नं। को सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुर्याउनुको साथै चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना प्रति सवारी चालक मजदुर संघले भर्त्सना पनि गरेको छ ।

आजदेखि मेची राजमार्ग, तमोर करिडोर र धरान-वसन्तपुर- गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकहरूमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई खरिद गरी किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्याउने जस्ता अमानवीय कार्यप्रति खेद प्रकट गर्दै अपराधीलाई तुरुन्त कानुन बमोजिम कारबाही गरियोस् भन्ने माग समेत ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले अघि सारेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको