Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

मुख्यमन्त्री लामालाई पराजित गर्दै बानियाँ बागमती कांग्रेस संसदीय दलको नेतामा निर्वाचित

Reporter

 बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार हेटौँडास्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री लामालाई ८ मतको अन्तरले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसको ३७ सदस्यीय प्रदेश सभामा शतप्रतिशत मतदान भएको थियो । निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्री लामाले १४ मतमा चित्त बुझाउनु पर्‍यो । एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यो परिणामसँगै मुख्यमन्त्री लामाले संसदीय दलमा आफ्नो बहुमत गुमाएका छन्, जसले प्रदेश सरकारको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।

मुख्यमन्त्री लामाविरुद्ध बानियाँ पक्षले साउन ९ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मंगलबार सोही प्रस्तावमाथि भएको मतदानमा बानियाँको पक्षमा २२ सांसदले र लामाको पक्षमा १५ सांसदले मत दिएपछि अविश्वासको प्रस्ताव पारित भएको थियो । दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामा पदमुक्त भएका हुन् ।

संसदीय दलमा विश्वास गुमाएपछि नयाँ नेता चयनका लागि बुधबार निर्वाचन भएको हो । संस्थापन पक्षकै भए तापनि लामा र बानियाँबीच लामो समयदेखि सत्ता र शक्तिका लागि संघर्ष चल्दै आएको थियो । बजेट निर्माण प्रक्रियामा मनोमानी गरेको र एक-एक वर्ष आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमति लामाले तोडेको बानियाँ पक्षको आरोप छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको