Logo
30 Oct 2025    १४ कार्तिक २०८२, बिहीबार

ताजा खबर

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न अदालतको आदेश रेशमलाल चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध कारागारबाट रविको चार बुँदे सन्देश विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह

लिपुलेकमा नेपालको दाबी अस्वीकार : भारत

Reporter

भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो । दशकौँदेखि निरन्तर चलिरहेको छ । यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् । एकतर्फी रूपमा कृत्रिम रूपमा भू–भाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’

बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको बताएको थियो ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएका बेला लिपुलेक नाका खोल्ने सहमति भएको थियो । त्यसबेला पनि नेपालले कूटनीतिक नोट पठाएर दुवै देशसँग आपत्ति व्यक्त गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको