Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझी कारागार फर्किए

Reporter

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।

जेन जेड प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बताएको छ ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी बन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदी बन्दी भागेका थिए । करिब आधाजसो कैदी बन्दी अहिले कारागार फर्किसकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको