Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

सौगात जङ्ग थापाको संगीतमा‘फुलको बोटैमा’सार्वजनिक(भिडियो)

Reporter

गायक हरि पौड्याल र गायिका रोजिना बस्नेतको आवाजमा सजिएको नयाँ डान्सिङ गीत ‘फुलको बोटैमा’ सार्वजनिक भएको छ।

गीतमा पुष्प सुनुवारको शब्द रचना तथा गायक एवं संगीतकार सौगात जङ्ग थापाको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन्। भ्वाइस अफ नेपाल सिजन ५ बाट चर्चामा आएकी रोजिना बस्नेतले गायक पौड्याललाई फिमेल भोकलमा साथ दिएकी छन्।

टिपिकल शब्द रचनामा तयार भएको यस गीतलाई संगीतकार थापाले उत्कृष्ट संगीतमार्फत् प्रस्तुत गरेका छन्।

बालाजुस्थित स्टुडियोमा छायाङ्कन गरिएको भिडियोमा सुधिर श्रेष्ठ, बिना राउतलगायत कलाकारको अभिनय रहेको छ। भिडियो युबराज खत्रीले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन सुरेश पान्डे, छायाङ्कन सुजन श्रेष्ठ र सम्पादन युबराज खत्रीकै रहेको छ।

गायक हरि पौड्यालको आफ्नै युट्युब च्यानलमार्फत घटस्थापना विशेष अवसर पारी उक्त गीत सार्वजनिक गरिएको हो।

youtube.com/watch?si=TJyoS6tqVh1HW6H-&v=Sgt7PM1qkN0&feature=youtu.be


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको