Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो, आवागमन पूर्णरूपमा बन्द

Reporter

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो पहिरो खसेको छ । मंगलबार साँझ ठूलो पहिरो खसेका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।

“नारायणगढ– मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रुपमा बन्द हुन पुगेको छ । सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघसंस्थाहरू तथा यात्रु महानुभावहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध छ,” जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा भनिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको