Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

देशका केही भूभागमा वर्षाको सम्भावना

Reporter

rainig-on-ktm

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ । एकाध भूभागमा भारी वर्षाको पनि सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको