
देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ । एकाध भूभागमा भारी वर्षाको पनि सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
लोकप्रिय समाचार