Logo
18 Dec 2025    ३ पुष २०८२, बिहीबार

ताजा खबर

नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ, सरकार ढाल्नुपर्छ:केपी शर्मा ओली रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सिन्धुलीका हायुको शव लुभुको इनारमा फेला, हत्याको आशंका एमाले पदाधिकारीमा एक जना मात्रै महिला उम्मेदवार निर्वाचित मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर

सिन्धुलीका हायुको शव लुभुको इनारमा फेला, हत्याको आशंका

Reporter

ललितपुरको लुभुमा एक व्यक्तिको शव इनारमा फालिएको अवस्थामा फेला परेको छ । सिन्धुलीका केशव हायुको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

हायु वैदेशिक रोजगारीमा जान ललितपुरको एक कृषि फार्ममा बस्दै आएका थिए । उनको शव नजिकै रहेको इनारमा फेला परेको हो । हायुको हत्यापछि शव इनारमा फालिएको प्रहरीले आशंका गरेको छ ।

बुधबार (पुस २) साँझ स्थानीयको सूचनाका आधारमा हायुको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । केही शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको