Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

सिन्धुलीका हायुको शव लुभुको इनारमा फेला, हत्याको आशंका

Reporter

ललितपुरको लुभुमा एक व्यक्तिको शव इनारमा फालिएको अवस्थामा फेला परेको छ । सिन्धुलीका केशव हायुको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

हायु वैदेशिक रोजगारीमा जान ललितपुरको एक कृषि फार्ममा बस्दै आएका थिए । उनको शव नजिकै रहेको इनारमा फेला परेको हो । हायुको हत्यापछि शव इनारमा फालिएको प्रहरीले आशंका गरेको छ ।

बुधबार (पुस २) साँझ स्थानीयको सूचनाका आधारमा हायुको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । केही शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको