नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।
बिहीबार महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथग्रहणलगत्तै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित ओलीले यस्तो चेतावनी दिएका हुन् ।
उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए ।
उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए । एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी उनले दिए ।
लोकप्रिय समाचार

