२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

ठूलो परिमाणको खैरो हेरोइनसहित एकै परिवारका तीन भारतीय नागरिक पक्राउ

मंगलवार, मंसिर २ २०८३०९:१४

मोरङ । मोरङको रंगेलीबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एकै परिवारका तीन भारतीय नागरिक पक्राउ परेका छन्।

रंगेली नगरपालिका–४, चोप्राहा बोर्डरस्थित सीमा क्षेत्रबाट सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान टोली (PIT) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले साँझ ७:५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको थियो।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२, मुस्लिम टोल निवासी ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया पत्नी सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन्।

प्रहरीका अनुसार चेकजाँचका क्रममा सकुन्तला पासवानले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर ल्याएको अवस्थामा उक्त पदार्थ फेला परेको हो।

बरामद लागूऔषधसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij