२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

मिर्चैयाबाट ३१.४३० ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ

शनिवार, मंसिर ६ २०८३०७:२५

सिरहा । प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलिपकुमार सिंह र सोही स्थानका २८ वर्षीय रञ्जितकुमार सिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मंसिर ५ गते मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार सवारीसाधन जाँच गर्ने क्रममा शंका लागेपछि उनीहरूलाई रोकेर खानतलासी गर्दा ३१.४३० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १–००५ प ९९२४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाइएको ब्यूरोले जनाएको छ ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij