२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

शनिवार, मंसिर ६ २०८३०१:४६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोकेर नेताको चाकडी गर्ने कर्मचारीलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रसेवक कर्मचारीको जिम्मेवारी कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्नु रहेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति त्याग्न आग्रह गरेका हुन् ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारीप्रति इमानदार हुन सचेत गराएका छन् ।

उनले लेखेका छन्, “हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ, राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो । हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने ।”

अझै पनि कुनै दलको निकट भएर राजनीति गर्न पाइन्छ भन्ने भ्रममा रहेका कर्मचारीलाई त्यस्तो सोच त्याग्न उनले चेतावनी दिएका छन् ।

“यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,” उनले लेखेका छन्, “आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन ।”

कसैको चाकडी गर्नेभन्दा पनि जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य पूरा गर्ने र देशप्रति इमानदार रहने राष्ट्रसेवक कर्मचारी आवश्यक रहेको गृहमन्त्री गुरुङले स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij