२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

‘नेपालमा अहिले राक्षसीराज चलिरहेको छ’ : केपी ओली

शनिवार, मंसिर ६ २०८३०७:२२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले ‘राक्षसीराज’ चलिरहेको टिप्पणी गरेका छन् । एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा शनिबार (मंसिर ५) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राक्षसीराज कायम रहे नेसनल भोलेन्टियर्स फोर्स आन्दोलनमा उत्रने चेतावनीसमेत ओलीले दिएका छन् ।

आफू पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष हुँदाहुँदै पनि बिना कारण १३ दिन हिरासतमा राखिएको उनको दाबी थियो । पार्टी अध्यक्ष पक्राउ परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कार्यकर्तामाथि सरकारले दुर्व्यवहार गरेको आरोप पनि उनले लगाए ।

अब शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्तक्षेप गरे नेसनल भोलेन्टियर्स फोर्सले प्रतिवाद गर्ने ओलीको भनाइ थियो ।

नेसनल भोलेन्टियर्स फोर्स देखाउनका लागि मात्रै गठन नगरिएको उल्लेख गर्दै उनले उक्त संगठनले आफैँ कसैसँग निहुँ नखोज्ने बताए । तर, कसैले निहुँ खोजे चुप लागेर नबस्ने उनको चेतावनी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij