काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो ।
प्रधानमन्त्री शाह आइतबार (मंसिर ६) दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन् । उनको स्वागतका लागि दिल्लीका सडक तथा विभिन्न स्थानमा रहेका पोलहरूमा दुवै देशका राष्ट्रिय झन्डा राखिएका छन् ।
नेपाल र भारतका झन्डाले सजिएका सडकले प्रधानमन्त्री शाहको भ्रमणलाई भारतले विशेष महत्त्व दिएको संकेत गरेको छ ।
दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफलपछि उनी सोमबार (मंसिर ७) स्वदेश फर्कने तालिका रहेको छ ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र समझदारीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस