२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

विदेशमा डेटा सेन्टर बनाउने अमेरिकी कम्पनीलाई भारी कर लगाउने ट्रम्पको चेतावनी

शनिवार, मंसिर ६ २०८३१२:१८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा डेटा सेन्टर निर्माण गर्ने अमेरिकी प्रविधि कम्पनीहरूलाई भारी कर तथा जरिबाना लगाउने चेतावनी दिएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र त्यसका लागि आवश्यक पूर्वाधार विकासमा चीनसँगको प्रतिस्पर्धामा अमेरिकी अग्रता कायम राख्न यस्तो नीति आवश्यक रहेको उनको भनाइ छ ।

शुक्रबार चीन भ्रमणपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । यद्यपि, यस विषयमा सरकारी अधिकारीहरूसँग आफूले छलफल नगरेको उनले स्पष्ट पारे ।

ट्रम्पले अमेरिकी समुदायहरूलाई डेटा सेन्टर निर्माणका अवसरको लाभ उठाउन आग्रह गर्दै यस्ता परियोजनाबाट स्थानीय बासिन्दाले आर्थिक लाभ लिनुका साथै आवश्यक सुविधा पनि पाउनुपर्ने बताए ।

एआई क्षेत्रमा अमेरिका र चीन मात्रै अग्रस्थानमा रहेको उल्लेख गर्दै उनले यस प्रविधिमा अमेरिकी नेतृत्व कायम राख्नुपर्नेमा जोड दिए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्तामा एआईका लागि संयुक्त सुरक्षा मापदण्ड निर्माण गर्ने विषयमा सहमति भएको पनि ट्रम्पले जानकारी दिए ।

चिप तथा अन्य रणनीतिक प्रविधि उद्योगको लगानी विदेशिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले यस्ता उद्योग र पूर्वाधार अमेरिकामै विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij