Logo
24 Sep 2025    ८ आश्विन २०८२, बुधबार

ताजा खबर

पुराना दलका कार्यकर्ताविरुद्ध टिकटकमा ‘झोले ट्रेन्ड’ घुन्सा दुर्घट्नाको सम्झना ईश्वर थापाको ‘दशैंको टिका’(भिडियो) स्वास्थ्य मन्त्रालयको नेतृत्वमा डा. मदन पियाको सम्भावित भूमिका, स्वास्थ्य मन्त्रीका लागि उपयुक्त नाम अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा पहिलो अध्यादेश जारी राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो, आवागमन पूर्णरूपमा बन्द

Reporter

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो पहिरो खसेको छ । मंगलबार साँझ ठूलो पहिरो खसेका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।

“नारायणगढ– मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रुपमा बन्द हुन पुगेको छ । सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघसंस्थाहरू तथा यात्रु महानुभावहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध छ,” जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा भनिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको