
काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गर्नुभएको छ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश सार्वजनिक गरिएको हो।
यससँगै निर्वाचन आयोगलाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। संसद् नभएको परिस्थितिमा अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता रहेको र सोहीअनुसार पहिलो अध्यादेश ल्याइएको जनाइएको छ।
लोकप्रिय समाचार