Logo
26 Dec 2025    ११ पुष २०८२, शुक्रबार

ताजा खबर

फागुन २१ को निर्वाचनमा ५१ प्रकारका सामग्री प्रयोग हुने जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच निर्वाचनका विषयमा छलफल नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाको घातक हमला सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै ‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

नेपाली कांग्रेस मधेस प्रदेशद्वारा पर्सा–२ मा युवा नेता राकेश यादव सिफारिस

Reporter

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ लोकप्रिय युवा नेता राकेश यादवको नाम अन्ततः उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यससँगै पर्सा–२ मा कांग्रेसको उम्मेदवारी दौडमा यादवको बाटो स्पष्ट भएको छ।

यसअघि क्षेत्रीय तथा जिल्ला कार्यसमितिले आन्तरिक दबाबका कारण यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको नाम मात्र सिफारिस गरेको थियो। तर संगठनभित्रको विधान, कार्यकर्ताको चाहना र जनसमर्थनलाई आधार बनाउँदै मधेस प्रदेश कार्यसमितिले यादवको नाम केन्द्रिय कार्यसमितिमा पठाएको हो।

युवा नेता यादवले गत पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी आफ्नो उम्मेदवारी सिफारिसका लागि औपचारिक निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रदेश सभापतिले पार्टी विधानअनुसार यादवको नाम केन्द्रिय कार्यसमितिमा सिफारिस गरेका हुन्। प्रदेश समितिले यससम्बन्धी सिफारिस पत्र केन्द्रिय कार्यालयमा दर्ता गराइसकेको जानकारी यादवले दिएका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै यादवले भने,
“क्षेत्र र जिल्लामा पुराना नेताहरूको दबाबका कारण मेरो नाम काटिएको थियो। तर मैले पार्टी विधानअनुसार प्रदेश कार्यसमितिमा निवेदन दिएँ, र प्रदेश सभापतिज्यूले न्याय गर्दै केन्द्रमा मेरो नाम सिफारिस गर्नुभयो।”

लोकप्रिय युवा नेता राकेश यादव को हुन्?

राकेश यादव पछिल्लो समय पर्सा जिल्लामा जनतामाझ लोकप्रिय, संगठनमा सक्रिय र युवाको भरोसायोग्य नेताका रूपमा परिचित छन्। पार्टी संगठन विस्तार, युवालाई राजनीतिमा आकर्षित गर्ने अभियान, सामाजिक सेवा तथा स्थानीय मुद्दामा निरन्तर आवाज उठाउँदै आएका यादवले छोटो समयमै बलियो जनआधार बनाएका छन्।

उनको उम्मेदवारी सिफारिससँगै पर्सा–२ मा कांग्रेसभित्र पुस्तान्तरण, युवाको प्रतिनिधित्व र परिवर्तनको सन्देश गएको विश्लेषकहरूको भनाइ छ। स्थानीय कार्यकर्ताहरूले पनि यादवलाई उम्मेदवार बनाइए कांग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

प्रदेश कार्यसमितिको यो सिफारिसपछि अब केन्द्रिय कार्यसमितिको निर्णय पर्खाइमा रहेको भए पनि, पर्सा–२ बाट नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवारका रूपमा राकेश यादवको सम्भावना बलियो बनेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको