Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

फागुन २१ को निर्वाचनमा ५१ प्रकारका सामग्री प्रयोग हुने

Reporter

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका निर्वाचनलाई आवश्यक मतपेटिका,​मतपत्र,​अमिट मसी,​स्ट्याम्प प्याड र मसी लगाएतका ५१ प्रकारका निर्वाचन सामग्रीको सूची तय गरेको छ।

निर्वाचनमा आयोगले स्वदेशी उत्पादन, मितव्ययिता र वातावरणीय संरक्षणलाई मुख्य प्राथमिकतामा राखेको छ।

आयोगका अनुसार ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री स्थानीय स्तरकै प्रयोग गरिनेछ। स्थानीय स्रोत-साधनको प्रवर्द्धन र ढुवानी खर्च कम गर्न विकेन्द्रीकरण पद्धति अपनाउँदै स्थानीय सामग्रीलाई जोड दिइएको हो।

बाँकी १४ प्रकारका विशेष प्राविधिक सामग्रीहरू भने निर्वाचन आयोगले नै उपलब्ध गराउने बताएको छ। जसमा  ९ प्रकारका सामग्रीमात्र नयाँ खरिद गर्नुपर्ने छ ।

निर्वाचन व्यवस्थापनलाई चुस्त बनाउन आयोगले समयतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार आगामी फागुन २ गतेभित्रै सबै मतदानस्थलमा आवश्यक निर्वाचन सामग्रीहरू पठाइसक्ने लक्ष्य आयोगको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको