Logo
26 Dec 2025    ११ पुष २०८२, शुक्रबार

ताजा खबर

फागुन २१ को निर्वाचनमा ५१ प्रकारका सामग्री प्रयोग हुने जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच निर्वाचनका विषयमा छलफल नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाको घातक हमला सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै ‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाको घातक हमला

Reporter

donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका छन् ।

सोसल मिडिया प्लेटफर्म ट्रुथमामार्फत् उनले उत्तर–पश्चिमी नाइजेरियामा चरमपन्थी संगठन आईएस समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्य रूपमा निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र विभत्स हत्या गर्ने गरेको आरोप लगाएका छन् ।

अमेरिकी सेनाले कयौं सटिक आक्रमण गरेको भने पनि ट्रम्पले आक्रमणसँग सम्बन्धित अन्य जानकारीहरू भने सार्वजनिक गरेका छैनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको