Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाको घातक हमला

Reporter

donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका छन् ।

सोसल मिडिया प्लेटफर्म ट्रुथमामार्फत् उनले उत्तर–पश्चिमी नाइजेरियामा चरमपन्थी संगठन आईएस समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्य रूपमा निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र विभत्स हत्या गर्ने गरेको आरोप लगाएका छन् ।

अमेरिकी सेनाले कयौं सटिक आक्रमण गरेको भने पनि ट्रम्पले आक्रमणसँग सम्बन्धित अन्य जानकारीहरू भने सार्वजनिक गरेका छैनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको