Logo
26 Dec 2025    ११ पुष २०८२, शुक्रबार

ताजा खबर

फागुन २१ को निर्वाचनमा ५१ प्रकारका सामग्री प्रयोग हुने जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच निर्वाचनका विषयमा छलफल नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाको घातक हमला सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै ‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

Reporter

एभरेष्ट ग्यालरीको निर्माणमा बनेको सामाजिक गीतको भिडियो ‘माया गर्दैन’ सार्वजनिक गरिएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपानेलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो ‘माया गर्दैन’ आफूका लागि विशेष महत्व बोकेको बताउनुभएको छ । मोडल कठायतको जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगरपालिका–३ सालगाउँमा छायांकन गरिएको यस गीतको भिडियोमा मोडल स्वयं कठायतसँगै उहाँका बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अंकल गणेश कठायत, आन्टी नन्दादेवी कठायत तथा भाइ कैलाश कठायतको समेत अभिनय छ ।

निर्देशक जनक सिंहको परिकल्पनामा निर्माण भएको उक्त गीतको भिडियोमा दीपक गिरी र गणेश साउदको छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन र कैलाश कठायतको निर्देशन छ । मेलिना रार्इ र चक्रन जलको स्वर, सागर बास्तोलाको शब्द तथा गायक स्वयंकै संगीत रहेको छ यसमा ।
एभरेष्ट ग्यालरीको प्रविधिमैत्री प्रचारप्रसारको राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’ अन्तर्गत सुदूरपश्चिम प्रदेशको सामाजिक जनजीवनको एक अंश भिडियोमा प्रस्तुत गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको