Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

Reporter

सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ।
तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कर्फ्यू लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कर्फ्यू आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन।

घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ ८ः३० बजेदेखि कर्फ्यू लगाएको हो।

सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा (बम्जन) लाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको थियो।

कमलामाई नगरपालिका-४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ।

उक्त घटनापछि आक्रोशित स्थानीय सडकमा उत्रिएका छन्। उनीहरूले पीडकलाई कडा कारबाही हुनु पर्ने माग राखेका छन्। आक्रोशित भीडले बिहीबार आरोपीको घरमा आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

अश्रुग्याँस प्रहारपछि भिड झनै उत्तेजित बनेर हुलदङ्गा मच्चाउन थालेपछि शान्ति सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएकोले स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो। स्थानीयले घटनालाई अमानवीय र निन्दनीय भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रहरीले घटनामा संलग्न सासू र नन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको