Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच निर्वाचनका विषयमा छलफल

Reporter

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गरेका हुन्।

सञ्चारमन्त्रीको सचिवालयकाअनुसार यो भेट निर्धारित कार्यक्रमअनुसार भएको हो। यसअघि खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेटेका थिए। शुक्रवार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट्ने तालिका रहेको छ।

भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ। सरकारले प्रमुख तीन दलका शिर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिवद्धता जनाउने प्रयास गरेको छ । हाल ओलीमाथि जेन-जी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्धको विषय पनि छलफलमा उठेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको