Logo
26 Dec 2025    ११ पुष २०८२, शुक्रबार

ताजा खबर

फागुन २१ को निर्वाचनमा ५१ प्रकारका सामग्री प्रयोग हुने जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच निर्वाचनका विषयमा छलफल नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाको घातक हमला सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै ‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज

Reporter

सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज हुने फैसला सुनाएको हो । यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जबाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

अधिवक्ता विपिन ढकालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले आयोगका सम्बन्धमा केही निर्देशनात्मक आदेश पनि जारी गरेको छ । सर्वोच्च अदालतको यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको