Logo
08 Dec 2025    २३ मंसिर २०८२, सोमबार

ताजा खबर

नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

अमेरिकाको क्यालिफिर्नियामा शक्तिशाली भूकम्प

Reporter

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेक्षणले ७ म्याग्निच्योडको भूकम्पको गएको बताएको हो।

भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि सो चेतावनी हटाइएको थियो। यो क्षेत्रमा झण्डै ४७ लाख मानिसको बसोबास रहेको छ।

भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको फर्न्डेल सहरको नजिक बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन। साथै ठूलो भौतिक संरचनाको क्षति भएको विवरण पनि प्राप्त नभएको बताइएको छ।

तर केही घर तथा मार्टहरुमा सामान्य क्षति पुगेको छ । मार्टहरुमा राखिएका सामानहरु खस्नुका साथै छोटो समय विद्युत अवरुद्ध भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको