Logo
26 Dec 2025    ११ पुष २०८२, शुक्रबार

ताजा खबर

फागुन २१ को निर्वाचनमा ५१ प्रकारका सामग्री प्रयोग हुने जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच निर्वाचनका विषयमा छलफल नाइजेरियामा आईएस समूहविरूद्ध अमेरिकाको घातक हमला सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै ‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

फागुन २१ को निर्वाचनमा ५१ प्रकारका सामग्री प्रयोग हुने

Reporter

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका निर्वाचनलाई आवश्यक मतपेटिका,​मतपत्र,​अमिट मसी,​स्ट्याम्प प्याड र मसी लगाएतका ५१ प्रकारका निर्वाचन सामग्रीको सूची तय गरेको छ।

निर्वाचनमा आयोगले स्वदेशी उत्पादन, मितव्ययिता र वातावरणीय संरक्षणलाई मुख्य प्राथमिकतामा राखेको छ।

आयोगका अनुसार ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री स्थानीय स्तरकै प्रयोग गरिनेछ। स्थानीय स्रोत-साधनको प्रवर्द्धन र ढुवानी खर्च कम गर्न विकेन्द्रीकरण पद्धति अपनाउँदै स्थानीय सामग्रीलाई जोड दिइएको हो।

बाँकी १४ प्रकारका विशेष प्राविधिक सामग्रीहरू भने निर्वाचन आयोगले नै उपलब्ध गराउने बताएको छ। जसमा  ९ प्रकारका सामग्रीमात्र नयाँ खरिद गर्नुपर्ने छ ।

निर्वाचन व्यवस्थापनलाई चुस्त बनाउन आयोगले समयतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार आगामी फागुन २ गतेभित्रै सबै मतदानस्थलमा आवश्यक निर्वाचन सामग्रीहरू पठाइसक्ने लक्ष्य आयोगको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको