Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

‘ओस्कार इन्टरनेशनल कलेज’ का विद्यार्थीहरुले चलचित्र सावा ब्याज निर्माण गर्ने

admin

‘ओस्कार इन्टरनेशनल कलेज’ का विद्यार्थीहरुले चलचित्र सावा ब्याज निर्माण गर्ने भएका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजनागरि चलचित्रको निर्माण घोषणा गरिएको हो । गाउँघरमा घटिरहेको घट्नामा आधारित कथा तथा चलचित्र हल्का कमेडी र एक्सन रहने चलचित्रका डेब्यु निर्देशक देबिन राईले जानकारी दिएका छन् ।

चलचित्र सम्बन्धि अध्यान कलेज का प्रधानध्यापक तथा ‘साँघुरो’का लेखक पौडेलको फिचर चलचित्रमा यो डेब्यु निर्देशन बिनोद पौडेलको बिशेष उपस्थिति अनि पत्रकारहरुको उपस्थितिमा उक्त चलचित्रको निर्माण घोषणा गरिएको हो भने उक्त कार्यक्रममा नेपाल चलचित्र पत्रकार सङ्घका अध्यक्ष श्री सन्दिप सापकोटा ज्युको पनि बिशेष उपस्थिति रहेको थियो भने पत्रकार संघको अध्यक्ष श्री सन्दिप सापकोटा ज्यु उक्त कार्यक्रममा आफ्नो उपस्थिति जनाउन नपाई आज घटेको निकै दुखद घटना अर्थात् नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधनको खबरले उहाँ त्यहाँबाट घटना स्थलतर्फ निस्किनु भएको थियो ।

कार्तिकको दोस्रो या तेस्रो हप्तादेखि फ्लोरमा जान लागेको यस चलचित्रमा देबिन राईको निर्देशन, आषिश लिम्बुको छायाँकन, बिषन बस्नेतको ध्वनी रहेको छ भने चलचित्र पूर्व पहाडी भेग अनि मकालु र काठमाडौंमा छायाँकन गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रमा लिड कलाकारको रुपमा सोही कलेजका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मि श्रेस्ठ रहने भएका छन् ।

करिब तीन बर्षको अध्यन र मेहनतका साथ ओस्कार कलेजका बिद्यार्थीहरुले यस चलचित्र निर्माण गर्न लागेको चलचित्रका डेब्यु निर्देशक देबिन राईले जानकारी गराए । चलचित्रमा सम्पूर्ण टिमनै डेब्यु रहेको समेत जानकारी दिइएको छ भने चलचित्र निकै छोटो लगानीमा बन्ने अनि धेरै प्रचार प्रसारमा लगानी लगाउन नसक्ने भएकाले पत्रकार मित्रहरुको सहयोगको अपिल समेत गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको