Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

बिल गेट्सले सम्पत्तिको ९९ प्रतिशत दान गर्ने

Reporter

बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको ९९ प्रतिशत दान गरेर सक्ने योजना बनाएका छन्।

गेट्सले आफ्नो फाउन्डेसनमार्फत् त्यो सबैगरी सक्ने बताएका हुन्। उनले ब्लगमा मृत्यु पछिको कुरामा ध्यान दिनु भन्दा जिउँदो भएको समयमा नै धेरै गर्न चाहेको बताएका छन्।

६९ वर्षीय गेटले अहिले नै स्वास्थ्य क्षेत्र र विकासका लागि आफ्नो फाउन्डेसनमार्फत एक अर्ब अमेरिकी डलर खर्च गरेका छन्। अब उनले थप २ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ।

गेट्सले सन् १८८९ मा आन्द्रेयु कार्नेगाइइले लेखेको द गेस्पेल अफ वेल्थ प्रेरणाको श्रोत भएको बताउँछन्। समुदायमा लागि धनी व्यक्तिको जिम्मेवारी सो पुस्तकमा लेखेका छन्।

यस २० वर्षमा समुदायमा आवश्यक पर्दा सहयोग गर्न सक्ने अन्य धेरै जनाको उदय हुने विश्वास रहेको समेत गेट्सले बताएका छन्। ब्लुमवर्गको डेटा अनुसार गेट्स संसारका पाँचौँ धनी व्यक्ति हुन्।

पाउल एलनसँग मिलेर गेटले सन् १९७५ मा सञ्चालन गरेको माइक्रोसफ्टले नै कम्प्युटरको संसारमा पकड जमाएको हो। सन् २००० मा प्रमुख कार्यकारी पद त्यागेका उनले २०१४ मा अध्यक्ष पद पनि छाडिसकेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको