Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

काठमाडौंका खोला किनारका बस्तीमा बाढी पस्न सुरू, टेकु सुकुम्बासी बस्ती जोखिममा

Reporter

लगातारको वर्षापछि काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरूमा बाढी पस्न थालेको छ। विशेषगरी टेकु क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा बिस्तारै बाढी पस्न थालेको जनाइएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार बागमती नदीको पानीको सतह उच्च हुँदै जाँदा टेकुस्थित सुकुम्बासी बस्तीको तल्लो भागमा पानी पस्न थालेको छ। अहिलेको अवस्था हेर्दा थप वर्षा भएमा बस्ती डुबानमा पर्ने खतरा रहेको जनाइएको छ।

बाढीका कारण बस्तीका बासिन्दाहरू त्रसित भएका छन्। उनीहरूले सुरक्षित स्थानतर्फ सारिन आवश्यक भएको महसुस गरिरहेका छन् तर वैकल्पिक व्यवस्था नहुँदा समस्यामा परेका छन्। स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायलाई खबर गरिएको बताइएको छ।

यसैबीच, काठमाडौं महानगरपालिकाले खोला किनारमा बसोबास गरिरहेका नागरिकहरूलाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। प्रहरीले पनि जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

वातावरणविद्हरूले जलवायु परिवर्तनका कारण वर्षाको स्वरूपमा आएको परिवर्तनले शहरका नदी-नालामा आकस्मिक बाढीको सम्भावना बढेको बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको