Logo
08 Dec 2025    २३ मंसिर २०८२, सोमबार

ताजा खबर

नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौंका खोला किनारका बस्तीमा बाढी पस्न सुरू, टेकु सुकुम्बासी बस्ती जोखिममा

Reporter

लगातारको वर्षापछि काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरूमा बाढी पस्न थालेको छ। विशेषगरी टेकु क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा बिस्तारै बाढी पस्न थालेको जनाइएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार बागमती नदीको पानीको सतह उच्च हुँदै जाँदा टेकुस्थित सुकुम्बासी बस्तीको तल्लो भागमा पानी पस्न थालेको छ। अहिलेको अवस्था हेर्दा थप वर्षा भएमा बस्ती डुबानमा पर्ने खतरा रहेको जनाइएको छ।

बाढीका कारण बस्तीका बासिन्दाहरू त्रसित भएका छन्। उनीहरूले सुरक्षित स्थानतर्फ सारिन आवश्यक भएको महसुस गरिरहेका छन् तर वैकल्पिक व्यवस्था नहुँदा समस्यामा परेका छन्। स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायलाई खबर गरिएको बताइएको छ।

यसैबीच, काठमाडौं महानगरपालिकाले खोला किनारमा बसोबास गरिरहेका नागरिकहरूलाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। प्रहरीले पनि जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

वातावरणविद्हरूले जलवायु परिवर्तनका कारण वर्षाको स्वरूपमा आएको परिवर्तनले शहरका नदी-नालामा आकस्मिक बाढीको सम्भावना बढेको बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको