Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

होलीमा उपत्यकाबाट ११ सय ३ मोटरसाईकल नियन्त्रणमा २१ महिलासहित ४ सय २५ पक्राउ

admin

फागु पुर्णिमाको दिन ट्राफिक नियम उल्लघन गर्ने ११ सय ३ मोटरसाईकललाई महानगरिय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरी परिसर काठमाडौंले शान्ति सुरक्षामा खलल पुऱ्याउने र अवान्छित गतिविधिमा संग्लन २१ महिला सहित ४ सय २५ लाई पक्राउ गरेको छ ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार काठमाडौंका विभिन्न स्थानमा होलीको नाममा शान्ति सुरक्षामा खलल पुऱ्याउने र अवाञ्छित गतिविधिमा संग्लन भएकाहरुलाई पक्राउ गरिएको हो । होलीका दिनभर काठमाडौंको सुरक्षा कडा पारिएका कारण कुनै ठुलो घटना भएन । प्रहरी परिसर काठमाडौंले मात्रै ३५ सय भन्दा धेरै प्रहरी र २५ वटा मोबाईल टोली होलीको सुरक्षाका निम्ती परिचालन गरेको थियो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीका अनुसार धेरैजसोले कागजपत्र विना नै सवारी चलाएका कारण मोटरसाईकल नियन्त्रणमा लिनुपरेको थियो । साँझ ६ बजेसम्म महाशाखाले मदिरा सेवन गरी चलाइएको ८३ मोटरसाईकल, तीन जना सवार १ सय २५ मोटरसाईकल, तिव्र गतिमा सवारी हाँक्ने ३२, हेल्मेट विना सवारी चलाउने ७५ र बाङ्गो टिङ्गो गरी हाँकेका ३२ मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।

होलीको दिन ट्राफिक नियम उल्लघन हुने सम्भावना देखेर उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक महाशाखाले नियमित एक सय स्थानमा हुने चेकजाँचका अलवा अन्य ८५ स्थानमा थप चेकजाँच गरेको थियो । सहायक प्रवक्ता मुकुन्द मरासिनीका अनुसार ट्राफिक नियमको पालना गराउन महाशाखाले तीनै जिल्ला समेटने गरी मोबाईल टोली समेत परिचालन गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको