Logo
08 Dec 2025    २३ मंसिर २०८२, सोमबार

ताजा खबर

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गर्न दिन आदेश ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रिया संकट पर्‍यो : उपाध्यक्ष पाण्डे भारतको नाइट क्लब विस्फोटमा पर्ने यी हुन् चार नेपाली मृतकहरु एनपिएल : आज कुनै खेल नहुने नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

चर्चित गायक उदित नारायण झा जेठी श्रीमती रन्जनासंग जन्मथलो सप्तरीमा

admin

चर्चित गायक उदीतनारायण झा सप्तरीको भारदह आएका छन् । झण्डै दुई दशकपछि आफ्नो जन्मथलो आएका झा एक सातासम्म यहीं रहनेछन । गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घर आएका हुन् ।

मिडियासँग केही कुरा गर्न नचाहेका झा जेठी पत्नी रञ्जनासँग मेलमिलाप भएपछि घर परिवारसँग भेटघाट गर्न आएको बताइएको छ । उनी गायन पेशामा लागेर लामो समयदेखि भारतमा बसोबास गर्दै आए पनि उनका दाजुभाइ भारदहमै बस्दै आएका छन् ।

बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदीत र रञ्जनाको सम्बन्धका कारण भारतमा हंगामा समेत भएको थियो । तर अहिले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकारहरुसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताए ।

उनी भारदहमा आएर आफ्नो परिवारसँग भेटघाट गरेपछि केही वर्षअघि आफू भारतीय भएको भनी मिडियालाई भनेको कुरा आफैं झुटो सावित पनि भएको छ । यद्यपि उनी यसबारेमा धेरै कुरा नै गर्न तयार भएनन् ।

गायक झा आफ्नो जन्मथलो आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका छन् । उनी पूजा गर्न मन्दिर पुग्दा स्थानीयहरुको भीड लागेको थियो । पालैपालो उनीसँग सेल्फी लिने पनि अत्यधिक देखिए । गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयहरुले बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको